Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डडेलधुरा पुगेर बालेनले भने : ‘सुदूर अब दूर नाई’ झिकै झिकै माया तम्लाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १४ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिम अब टाढा नरहेको बताएका छन्।

बुधबार डडेलधुरा पुगेर हिउँ परेको सडकमा उभिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै उनले सुदूरपश्चिमका जनताप्रति माया व्यक्त गरेका हुन्।

सुदूरपश्चिमकै भाषामा बालेनले लेखेका छन्, ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई।’

उनको यो अभिव्यक्तिलाई सुदूरपश्चिमप्रतिको आत्मीयता र राजनीतिक सन्देशका रूपमा हेरिएको छ। बालेन पूर्वी नेपालको भ्रमणपछि सुदूरपञ्चिम लागेका हुन् । मंगलबार कैलाली-कञ्चनपुरमा मतदातासँग भेट गरेका बालेन अब सुदूर पहाडी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्