Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा पुगे बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १४ गते


Advertisement

काठमाडौं । चुनाव प्रचारको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बुधबार बिहान डडेल्धुरा पुगेका छन्।

डडेल्धुरा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।

सुदूरपश्चिमको चुनावी यात्रामा रहेका बालेन बुधबार डडेल्धुरा हुँदै दार्चुला पुग्ने कार्यक्रम छ।

सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेन मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

आज डडेल्धुराको महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्ता भेटघाटको कार्यक्रम राखिएको बालेनको सचिवालयले जनाएको छ।

त्यसपछि उनी बैतडीतिर लाग्ने तयारीमा छन्। आजै दिउँसो १२ बजे बैतडीको पाटनस्थित रास्वपाको सम्पर्क कार्यालयमा कार्यकर्ता भेटघाटको कार्यक्रम तय गरिएको छ। उनी आज साँझ दार्चुला पुग्ने पनि बालेको सचिवालयले जनाएको छ। अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित सम्पर्क कार्यालयमा उनले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ।

झापा ५ बाट उम्मेदवारी दिएका बालेनको त्यहाँ नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग कडा प्रतिस्पर्धा हुने अनुमान छ। ओली र बालने दुवैलाई सम्बन्धित दलले भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् ।


प्रतिकृया दिनुहोस्