Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १३ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर आगामी फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्ने भएको छ।

मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनकपुरधाममा विशेष सभा गर्न लागेको बताएका छन्। यसअघि कांग्रेसले माघ १६ मा विशेष सभा गर्ने तयारी गरेको थियो। तर, निर्वाचन आचारसंहितका कारण स्थगित गरेको थियो।

अब फागुन ७ मा विशेष सभा गर्न चालिसेले बताए। त्यसपछि अन्य प्रदेशमा पनि आम सभा गरिने उनले जानकारी दिए।

यससँगै कांग्रेसले चुनावी घोषणापत्र तयारी गरिरहेको जनाएको छ।

केही दिनभित्रै घोषणापत्र सार्वजनिक गरिने जानकारी दिँदै प्रवक्ता चालिसेले त्यसमा सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रम समावेश हुने बताए ।


प्रतिकृया दिनुहोस्