Skip

Hamro Sanchar

चुरे भावर पार्टि नेकपामा समाहित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १३ गते


काठमाडौं । चुरे भावर पार्टी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ।

चुरे भावरका नेताहरूलाई आज नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीमा स्वागत गरेका हुन्।

चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने र नेकपा संयोजक प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

उनीहरूबीच ४ बुँदे सहमति भएको छ। चुरे भावर पार्टीले उठाएका मुद्दालाई नेकपाले उच्च प्राथमिकताका साथ उठान गर्ने पनि सहमति छ।

चुरे भावरका नेताहरूलाई क्षमताअनुसार नेकपा केन्द्रीय र प्रदेशलगायत निकायमा समायोजन गर्ने सहमति पनि भएको छ।

नेकपामा यसअघि करिब १५ भन्दा बढी पार्टी तथा समूहहरू समाहित भइसकेका छन्।


प्रतिकृया दिनुहोस्