Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपालगञ्जमा बालेनका केही समर्थक गाडीबाट खसेर घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट लडेर केही युवा घाइते भएका छन्।

सोमबार बाँकेको नेपालगञ्जमा समर्थक चढेको गाडीबाट खस्दा ६ जना युवाहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए।

तीमध्ये स्थानीय वीरसिंह ऐरीको सिटी केयर अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको डिएसपी पातलीले बताए।

‘गाडीको पछाडि धेरै युवाहरू बसेका थिए,’ डिएसपी पातलीले भने, ‘एकले अर्कालाई समातेर बसेका उनीहरू गाडी अगाडि बढ्ने क्रममा हुत्तिएर लडेका थिए।’

रास्वपा वरिष्ठ नेता बालेन सोमबार नेपालगञ्ज विमानस्थल पुग्दा भिड भएको थियो। उनी त्यहाँबाट बर्दिया गए भने सुदूरपश्चिमतर्फ जाने कार्यक्रम छ।


प्रतिकृया दिनुहोस्