Skip

Hamro Sanchar

विद्यालय बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १२ गते


काठमाडौं । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालयको बसले ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।

नेपाल नमूना मावि केउरेनीको लु।१ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

विद्यालय हाताभित्र बस घुमाउने क्रममा दुर्घटना भएको हो।

मृत्यु हुनेमा बाराको कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानकी चार वर्षीय छोरी सुश्माकुमारी पासवान छिन्।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत बालिकालाई मृत घोषित गरेका प्रहरी उपरीक्षक खड्काले बताए

ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिइएको छ ।


प्रतिकृया दिनुहोस्