Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हरिबोलसहितका नेताहरूमाथि गरिएको कारबाहीप्रति झलनाथको आपत्ति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १२ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले हरिबोल गजुरेलसहितका नेताहरूमाथि गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् गजुरेलसहितका नेताहरूमाथि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको कारबाहीप्रति आपत्ति जनाएका हुन् ।

‘गजुरेलजस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारीसम्म पनि नहुनु र एकैचोटी सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन्,’ खनालले भनेका छन् ।

उनले पार्टी कम्युनिस्ट पार्टी बनाउने भए कारबाही अविलम्ब स्थगित गरेर गजुरेलसहित नेतृत्वदायी तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गरेका छन् ।

‘यदि यो नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क। हरिबोल गजुरेल सहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्यो यसबारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु,’ खनालले भनेका छन् ।

पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन् ।


प्रतिकृया दिनुहोस्