Skip

Hamro Sanchar

एमालेले रुकुम पूर्व र पश्चिममा प्रलोपालाई सघाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ११ गते


काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र पश्चिममा नेकपा एमालेले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)लाई सघाउने भएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

रुकुम पश्चिममा प्रलोपाको तर्फबाट जनार्दन शर्मा उम्मेदवार छन् भने पूर्वमा संदिप पुन उम्मेदवार छन् । प्रलोपाको चुनाव चिन्ह आँखा हो ।

एमालेले आँखामै मतदान गर्ने सहमति भएको जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्