
काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको हिंसा तथा आगजनीका घटनाबारे प्रश्न उठाएका छन्।
उनले ती दिन घटेका घटनाको जिम्मेवार को हो भन्ने विषय अब लुकाएर राख्न नसकिने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हालका प्रतिनिधिसभा उम्मेदवारहरू बालेन्द्र शाह (बालेन) र सुदन गुरुङलाई प्रत्यक्ष रूपमा लक्षित गरेका हुन् ।
“देशलाई अराजकतामा धकेल्ने, आगजनी र हिंसामा जोडिएका व्यक्तिहरू पछि एउटै पार्टीको झन्डामुनि देखिए। कलाकारदेखि राजनीतिज्ञसम्म, मन्त्री पद छाडेर समेत त्यतै जोडिएको दृश्यले धेरै कुरा संकेत गर्छ”, उनले भनेका छन् ।
उनले घटनाबारे बनेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै घटनासँग जोडिएका पात्रहरूको पछिल्लो गतिविधिले वास्तविकता उजागर हुँदै गएको दाबी गरेका छन्। “भदौ २३ र २४ को भयावह घटनाको स्क्रिप्ट कसले लेख्योरु किन लेखियोरु यति धेरै मानिस किन मारिएरु” भन्दै उनले अझै अनुसन्धान आवश्यक छ कि छैन भन्ने प्रश्नसमेत उठाएका छन्।
जेन–जी आन्दोलनको समयमा काठमाडौं महानगरपालिकाका प्रमुख रहेका बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका छन्। त्यस्तै ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङ गोरखा–१ बाट चुनावी मैदानमा उत्रिएका छन्।
विश्वकर्माले लेखेको स्टाटस
घटनाहरू कुनै पहिल्यै थाहा हुन्छन् त केही सुरुमा आकस्मिक, अकल्पनीय अर्थात् रहस्यमय देखिन्छन्। प्रसिद्ध साहित्यकार तथा लेखक बालकृष्ण समको “नियमित आकस्मिकता”जस्तै।
गत भाद्र २३ देखि नेपालमा हुँदै आएका घटनाहरू आकस्मिक, अकल्पनीय, चमत्कारी र रहस्यमय लाग्थे। अहिले बिस्तारै खुल्दै छन्।
१. भाद्र २३ गते अबोध स्कुले बालबालिका सुशासनको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनका लागि भेला हुनु।
२. त्यही भिडमा सयौँको संख्यामा टीओबी लेखेको टी-सर्ट ज्याकेट लगाएर बुलेट बाइकमा आएर भिडमा पस्नु।
३.बालबालिकाको जुलुस बानेश्वर संसद् भवन अर्थात् निषेधित क्षेत्र प्रवेश गर्नु
४.अरू बेला भिड रोक्न राखिने सुरक्षा ब्यारिगेट त्यो दिन नहुनु
५.विरोध जुलुसमा महानगरपालिकाको गाडीमा कर्मचारीहरू नै पानी वितरण गर्न हिँड्नु
६. गोली चल्नु तर संसद् भवनको कम्पाउन्ड भत्काउने भत्काएर भित्र पस्नेलाई होइन बाहिर जुलुसको बिचमा रहेका कलिला बालबालिकालाई लाग्नु र उनीहरूको ज्यान जानु
७. सामाजिक सञ्जालको बन्देज हटाइयो, गृहमन्त्रीले राजीनामा गरे, सोचेजस्तो स्थिति सामान्य भएन
८.२४ गते बिहानैदेखि कांग्रेस एमालेका नेताका घर, पार्टी कार्यालय, राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतलगायत प्रहरी कार्यालय तथा व्यावसायिक प्रतिष्ठान तोडफोड, लुटपाट र आगजनी गरी खरानी पारे
९.जेल भत्काएर रास्वपाका नेता विजय जुलुससहित बाहिर आए। उनीसँगै भागेका हजारौँ कैदीबन्दी अझै फरार छन्
१०. यत्तिका जनधनको क्षतिको जिम्मा कसैले लिएनन् तर सडकमा नारा लगाउँदै हिँडेकै मानिस प्रधानमन्त्री र मन्त्री बने
११.चुनाव गर्न भनी बनेको नागरिक सरकारले सबैभन्दा पहिले तीनै जेल तोडेर भागेर कैदीबन्दीको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गर्यो
१२. भाद्र २३ र २४ मा वितण्डा मच्चाएर देश खरानी पार्ने बालेन, सुदन गुरुङ, विभिन्न कलाकारहरू सबै एउटै पार्टीमा जोडिए
१३. नागरिक सरकारका मन्त्री पनि सरकार छाडेर त्यतै गए
१२. रास्वपाले जेनजी आन्दोलनको अपनत्व लिने भन्यो
१५. कार्की आयोगले बयान तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग लियो
आखिर भाद्र २३ र २४ को कहाली लाग्दो नाटक (होरर ड्रामा) किन र कसले घटाएको रहेछ ?
आयोगको रिपोर्ट बाहिर नआउँदै घटनाका पात्रहरूको दैनिक क्रियाकलापले छर्लङ्ग पारिदियो। अझै दिनहुँ खुल्दै छन्। देश कसले, किन जलायोरु यत्तिका मानिस किन कसले मार्योरु
अब पनि अनुसन्धान बाँकी छ र आयुक्तज्यू ? आजलाई यत्ति‘।धन्यवाद

















