Skip

Hamro Sanchar

झापाबाट काठमाडौं फर्किए बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १० गते


विराटनगर । चुनावी अभियानका निम्ति झापा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)काठमाडौं फर्किएका छन् ।

आज साँझ उनी विराटनगर विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन् ।

काठमाडौं फर्कनुअघि उनले विमानस्थलनजिकैको एउटा होटेलमा पार्टीका तर्फबाट मोरङका उमेदवार र प्रतिनिधिसँग छलफल गरेका थिए ।

त्यसअघि, पाथीभरा दर्शन गरेर ताप्लेजुङबाट बालेन धनकुटा पुगेका थिए । त्यसपछि विराटनगर आएका थिए ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट उमदेवारी दर्ता गराउन उनी यता आएका थिए ।


प्रतिकृया दिनुहोस्