Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ठगी आरोपमा पक्राउ परेका सेयर कारोबारी दिपेन्द्र अग्रवाल एमालेमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १० गते


Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र अग्रवाल एमाले प्रवेश गरेका छन्।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।

उनी सेयर कारोबारी हुन्। अग्रवाल ठगी आरोपमा पक्राउ परी हाजिर जमानीमा छुटेका थिए।

सेयरमा लगानी गर्ने विषयमा ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि लागेको थियो।

पीडितलाई सेयर दिने भन्दै रकम लिएको तर नदिलाएको आरोप अग्रवालमाथि छ।

उनीमाथि गोल्डम्यान इन्भेष्टमेन्टको नाममा लगानीकर्ताहरूलाई ठगी गरेको आरोपमा अनुसन्धान भएको थियो।

उनी क्लब हाउस लगायतका सामाजिक सञ्जालमार्फत् निश्चित कम्पनीको सेयर किनबेच गर्न प्रोत्साहित गर्थे।

यसअघि पनि आफूले बेचेको सेयर आफै किनबेच गर्ने गरेकोसमेत उनलाई आरोप लागेको थियो।

साउन ५ गते पक्राउ परेका उनी साउन १५ गते हाजिर जमानीमा छुटेका थिए ।


प्रतिकृया दिनुहोस्