Skip

Hamro Sanchar

प्रचण्डको दाबी : स्वच्छ निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १० गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन स्वच्छ भए आफू नेतृत्वको पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।

आज विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

‘निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा पहिलो पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्न सक्छ’ प्रचण्डले भनेका छन् ।

पार्टीलाई बलियो बनाएर मात्र राष्ट्र र जनताको हित सुनिश्चित गर्न सकिने उनको आग्रह छ ।

प्रचण्डको सचिवालयका अनुसार शनिवार विभिन्न पार्टी परित्याग गर्दै ५२ युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।


प्रतिकृया दिनुहोस्