Skip

Hamro Sanchar

एमालेले जनताका लागि काम गर्छ, आफ्ना लागि होइन : केपी ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १० गते


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन साथ दिन सबैलाई आह्वान गरेका छन् ।

आज पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले एमालेलाई निर्वाचनमा विजयी बनाउने कार्यमा सक्रियतापूर्वक लाग्न आग्रह गरेका हुन् ।

देश र जनताको हितमा काम गर्न पनि आसन्न निर्वाचनमा नेपाली जनताले एमालेलाई विजयी गराउनुपर्ने उनले जिकिर गरे ।

उनले मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन पनि आउँदो निर्वाचनमा एमाले विजयी हुनुपर्ने बताए ।

“तपाईंहरू सबैलाई म आग्रह गर्न चाहन्छु– नेकपा (एमाले)लाई साथ दिनुहोस् । एमालेले तपाईंहरूलाई साथ दिनेछ । एमाले तपाईंहरूका लागि काम गर्छ । अरू कुनै उद्देश्य छैन,” उनले भने, “जनताका लागि काम गर्ने हो, देशका लागि काम गर्ने हो । आफ्ना लागि काम गर्ने होइन एमालेले ।”

अध्यक्ष ओलीले नेपाली समाजलाई सभ्य र सुसंस्कृतिको बाटोमा फर्काउन पनि आसन्न निर्वाचनपछि एमालेले सरकार बनाउनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्