Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अध्यक्ष केपी ओलिको कुराबाट म चिन्तित र दुःखी छु : योगेश भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ९ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको कुराबाट चिन्तित र दुखित् रहेको बताएका छन्।

उपमहासचिव भट्टराईले ताप्लेजुङ, काभ्रेपलाञ्चोक–२ आदि क्षेत्रमा टिकट वितरणका सन्दर्भमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्नँ। मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो। नो इफ, नो बट म विचलित र निरास छैन। यत्ति भन्छु– अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु। कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन,’ उनले भनेका छन्।

भट्टराईले ताप्लेजुङबाट टिकट पाएनन्। उनको सट्टा त्यहाँ राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलाई उम्मेदवार बनाइएको छ। काभ्रे–२ मा अशोक ब्याञ्जुलाई उम्मेदवार बनाइएको छ।

अन्यत्र पनि अध्यक्ष अ‍ोलीले टिकट वितरणमा एकलौटी गरेको इतरसमूहको आरोप छ ।


प्रतिकृया दिनुहोस्