
पोखरा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट सांसदको उमेदवार बनेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिएका छन् ।
उनी गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका थिए । शुक्रबार (माघ ९)सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै भट्टराईले उमेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
उमेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका नेताले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने सुझाव दिएका उनले बताए । उमेदवार बन्दा भूमिका संकुचित हुने भनेर आफूले सुझाव पाएको उनले उल्लेख गरे ।
उनले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ शक्तिहरूलाई आफ्नो समर्थन रहने पनि बताए ।

















