
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीमा रहेको बाल सुधारगृहमा गएराति झडप र आगजनी भएको छ ।
बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो ।
आपसमा झडप भएपछि ठिमी प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । मध्यरातमा भक्तपुर र काठमाण्डौका वारुणयन्त्रले आगो निभाएका थिए ।
सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको ठिमी प्रहरी वृत्तले जनाएको छ । गृहमा १ सय ४५ पुरुष र २४ महिला गरी १ सय ६९ जना छन् ।
अहिले स्थिति नियन्त्रणमा आएको भए पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

















