Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ८ गते


Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले माघ ९ गते (शुक्रबार)दिउँसोदेखि माघ १० गते (शनिबार) बिहानसम्म विभिन्न ठाउँमा वर्षारहिमपातको सम्भावना रहेको बताएको छ।

स्वतन्त्र मौसमविदहरूले पनि यो सम्भावना औंल्याएका छन्। यसअघि पश्चिमबाट सुख्खा हावा आइरहे पनि शुक्रबार दिउँसोबाट भने पानी पार्ने सम्भावनासहितको बादलको आगमन हुन लागेको हो।

महाशाखाका अनुसार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेसमा यसपटक वर्षाको सम्भावना छैन।

बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

गण्डकी प्रदेश थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा, उच्च पहाडी तथा हिमाली भू– भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा सम्भावना रहेको अद्यावधिक सूचनामा जनाइएको छ। कर्णाली प्रदेशमा पनि केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

सुदूरपश्चिम प्रदेश केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

 


प्रतिकृया दिनुहोस्