Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगन थापालाई कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ।

भोलि सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको हो।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे सानेपामा बस्नेछ।

उनले भने, ‘भोलि हामी सानेपा भएर पार्टीको बैठक बस्दै छ, बैठकले निर्वाचनको तयारीबारे आवश्यक निर्णय गर्छ।’

कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। घोषणापत्रमा सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा पार्टी होमिने एक नेताले बताए।

ती नेताले भने, ‘भोलि सानेपामा बस्ने बैठकले निर्णय गर्छ। त्यो विषय हामीले घोषणापत्रमा नै समेट्ने तयारी गरेका छौँ।’

सभापति थापाको नेतृत्वमा नै अहिले कांग्रेसले घोषणापत्र लेखिरहेको छ ।


प्रतिकृया दिनुहोस्