Skip

Hamro Sanchar

झापा–५ मा बालेनले थाले घरदैलो अभियान, बिहानैदेखि मतदातासँग छलफलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ७ गते


काठमाडौं । झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा जुटेका छन् ।

मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन बुधबार बिहानै घरदैलो अभियानमा निस्किएका हुन् । दमक–५ स्थित सम्पर्क कार्यालयबाट स्थानीय मतदातासँग उनले निर्वाचनका विषयमा भेटवार्ता अघि बढाएका हुन् ।

झपा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न बालेनले दिएको उम्मेदवारीलाई देशभरबाट चासोका साथ हेरिएको छ ।

मंगलबार मनोनयको दिन दलबलसहित उम्मेदवार दर्ता गराएका बालेनले चुनाव लक्षित सक्रियता बढाएका छन्।


प्रतिकृया दिनुहोस्