Skip

Hamro Sanchar

कांग्रेस सभापति गगनले सर्लाहीमा वारेसमार्फत दर्ता गराए उमेदवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही- ४ मा वारेसमार्फत उमेदवारी दर्ता गराएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि थापा टिकट वितरणमा व्यस्त भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

थापाका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै यो क्षेत्रमा रास्वपाबाट अमरेशकुमार सिंहले मनोनयन दर्ता गराएका छन् । जसपाबाट रामेश्वर राय, नेकपाबाट डा। रजनीश रायले उमेदवारी दर्ता गराएका छन् ।


प्रतिकृया दिनुहोस्