Skip

Hamro Sanchar

रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी मनोनयन दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


रुकुम । ​नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवार बनेका प्रचण्डले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

​२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक रुकुमपूर्व रोजेका हुन् । यसअघि २०७९ को आमनिर्वाचनमा उनी गोरखा–२ बाट निर्वाचित भएका थिए ।

रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो र बलियो किल्ला मानिन्छ ।

३४ हजार ७७२ मतदाता रहेको यो जिल्लामा २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए । त्यतिबेला माओवादीले नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको थियो ।


प्रतिकृया दिनुहोस्