Skip

Hamro Sanchar

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएका छन् ।

अन्तिम समयमा पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् । नेकपा एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले नेता पोखरेलले मङ्गलवार २ मनोनयन दर्ता गर्ने जानकारी दिए ।

यसअघि पोखरेललाई अध्यक्ष ओलीले टिकट नदिएको भन्दै आलोचना भएको थियो ।

गत ११ औँ एमाले महाधिवेशनमा पोखरेलले ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिकृया दिनुहोस्