Skip

Hamro Sanchar

सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जान्छु : रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने दाबी गरेका छन् ।

सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने जिकिर गरे ।

‘हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु,’ उनले भने ।

आफू प्रत्येक दिन मेरो टाउकोमा लागेको मुद्दाका कारण कुनै न कुनै अदालतमा जानपरेको भन्दै गुनासो गरे ।

‘प्रत्येक दिन मेरो टाउकोमा लागेका मुद्दाका कारण कुनै न कुनै अदालतमा उपस्थित हुनुपर्छ । मलाई प्रवाह छैन, जनताको मुद्दा बोकेर हिँडेको मान्छे त्यस्ता मुद्दा लड्दै गरौंला । जित्दै गरौंला । हारे हारिन्छ जिते जितिन्छ,’ लामिछानेले भने ।


प्रतिकृया दिनुहोस्