Skip

Hamro Sanchar

कांग्रेसले १५ हिमाली जिल्लाको उमेदवार टुंग्यायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


काठमाडौं । नेपाली कांग्रेसले १५ हिमाली जिल्लाका उमेदवार टुंग्याएको छ ।

यद्यपि, सबै उमेदवारको नाम भने सार्वजनिक भइसकेको छैन । त्रिपक्षीय कार्यदलले उमेदवारको नाम टुंग्याएको एक नेताले जानकारी दिए ।

“त्रिपक्षीय कार्यलले उमेदवारको टुंगो लगाएको छ । मनाङमा यसअघि निर्वाचित टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन र डोल्पामा कर्ण बुढालाई उमेदवार बनाउने गरी प्रक्रिया अघि बढेको छ,” ती नेताले भने, “अहिले संसदीय बोर्ड बैठक स्थगित भएको छ । ४ बजे पुनः बसेर नाम अनुमोदन गर्नेछ ।”

उनले अन्य जिल्लाको नाम ४ बजेपछि मात्र जानकारी गराउन सक्ने बताए ।


प्रतिकृया दिनुहोस्