Skip

Hamro Sanchar

गृहजिल्ला झापा पुगेका ओलीले भने : निर्वाचनको वातावरण अझै बनेको छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उमेदवारी दर्ता गर्न गृहजिल्ला झापा पुगेका छन् ।

भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अझै निर्वाचनको वातावरण बनिनसकेको बताए ।

“मतदाताहरूमा डर, धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण अझै चुनावी वातावरण बनिसकेको छैन,” उनले भने ।

जेनजी आन्दोलनमा सरकारी कार्यालयमा अगजनी र तोडफोड हुँदै गर्दा राजीनामा दिएका ओलीलाई नेपाली सेनाले हेलिकोप्टरबाट उद्धार गरेको थियो ।

जेनजी आन्दोलन जाँचबुझ आयोगको स्थान हद लागेपछि काठमाडौमै सिमित भएका ओली स्थानहद फुकुवापछि भएर पहिलोपटक झापा पुगेका हुन् ।

झापा–५मा उम्मेदवार बन्न लागेका उनी यसअघि बस्दै आएको घरमा आगजनी भएका कारण होटलमा बस्ने बताइएको छ ।


प्रतिकृया दिनुहोस्