Skip

Hamro Sanchar

सुमन सायमीलाई प्रचण्डले दिए काठमाडौं–८ मा टिकट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी त्यागेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका सुमन सायमी काठमाडौं–८ बाट उमेदवार बनेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई उमेदवारको टिकट दिएका हुन् ।

सायमीले काठमाडौंका उत्पीडित जनताको पक्षमा आवाज उठाउँदै आएका छन् । उनी अभियन्ताका रुपमा पनि चिनिन्छिन् ।

पुस ३० गते सायमीसहित एकता पक्षधरका नेताहरू नेकपामा समाहित भएका थिए ।

नेकपा नेता हितमान शाक्य काठमाडौं क्षेन नम्बर १० बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । उनलाई पनि पार्टी संयोजक प्रचण्डले चुनावका लागि टिकट दिएका हुन् ।


प्रतिकृया दिनुहोस्