Skip

Hamro Sanchar

जनकपुर पुगे बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


काठमाडौं । बालेन्द्र शाह (बालेन) जनकपुर पुगेका छन् ।

यसअघि आजै काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका उनी केही समय राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय कार्यालय पुगेका थिए ।

त्यहाँ केही समय बसेर बालेन जनकपुर गएका हुन् । सोमबार ९माघ ५० जनकपुरधाममा रास्वपाले सभा आयोजना गर्दै छ । उक्त सभामा सहभागी हुन बालेन जनकपुर पुगेका हुन् ।

रास्वपा केन्द्रीय कमिटिको आयोजनामा हुन लागेको सभा जनकपुरधाम उपमहानगरपालिका–४ तिरहुतिया गाछीमा हुनेछ । उक्त सभामा बालेनसहित रास्वपाका सभापति रवि लामिछानेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रतिकृया दिनुहोस्