Skip

Hamro Sanchar

कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २६ गते


काठमाडौं । कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध गरेका छन् ।

उनीहरुले भेला, समारोहमा नअल्मलिएर संविधानको संरक्षण र देशको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् ।

सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा खुलेका हुन् । उनीहरूले वैशाखमा १५औं महाधिवेशन गर्नुपर्ने पनि बताएका छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन बाध्यकारी भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्नुभएको हो ।

विशेष महाधिवेशन पक्षधरले ६० प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने दाबी गरेको छ ।


प्रतिकृया दिनुहोस्