Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्डको सायरी लेखेर रहबरले छाडे पार्टी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २४ गते


Advertisement

काठमाडौँ । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्

अन्सारीले आज हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा गाएको ‘सागर के तुफान को भी हमने बस में किया है’ सायरी उद्धृत गर्दै अब यो गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको बताएका छन् ।

साथै उनले साहस, इमान र जोखिम तीन वटै कुरा पार्टीले त्यागिसकेको समेत राजीनामापत्रमा उल्लेख गरेका छन् ।

‘म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु’, रहबरले बुझाएको राजीनामा पत्रमा भनिएको छ ।


प्रतिकृया दिनुहोस्