Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राजीनामा दिएपछि कुलमानले भने : समय आयो, अब मेरो राजनीतिक जीवन सुरु भयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २३ गते


Advertisement

काठमाडौं । निवर्तमान मन्त्री कुलमान घिसिङले अब आफू राजीतिमा उत्रिएको बताएका छन्।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै उनले अब समय आएको बताए।

‘तपाईंहरूले सोध्नुहुन्थ्यो कहिले राजनीतिमा लाग्ने भनेर’ उनले भने, ‘अब त्यो समय आएको छ। मैले मन्त्री पदबाट राजीनामा दिएँ। भोलिदेखि नै म राजनीतिमा लाग्छु।’

उनले देशको अवस्था बदल्न अब आफू खुला रुपमा राजनीतिमा आएको बताए।

मन्त्री पदमा रहँदासम्म सबै ध्यान मन्त्रालयमै दिएको र तीनवटा मन्त्रालय सम्हालेको उनले बताए।


प्रतिकृया दिनुहोस्