Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रिय सभा निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २३ गते


Advertisement

काठमाडौं । राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आउँदो फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सांसदको पद रिक्त हुँदैछ। राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ। प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ।

५९ सदस्यीय सभामा आउँदो फागुन २० गते १९ जनाको पद रिक्त हुँदैछ।

जसमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्। बाँकी १८ पदका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो।

राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मत खसाल्ने व्यवस्था छ। प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतको भार १९ छ।

एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा सबैभन्दा धेरै मतभार प्राप्त गर्ने व्यक्ति निर्वाचित हुनेछन्।

राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ। नेपाली कांग्रेसले ९, नेकपा एमालेले ८ र लोकतान्त्रिक समाजवादी पार्टीले १ सिटमा उम्मेदवारी दिएका छन्।

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकल उम्मेदवारी दिएको छ। त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टीले मधेस प्रदेशमा, नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशमा, राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिकृया दिनुहोस्