Skip

Hamro Sanchar

प्रचण्ड भन्छन्  : रवि-बालेन एकताले डराएका छैनौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २२ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् ।

उनले पार्टी कामको क्रममा भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरूसँग अनौपचारिक छलफल भएको पनि बताए ।

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरू नडराएको पनि जिकिर गरे ।

आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै उनीसँग कुरा गर्न कुनै आइतबार कुर्नु नपर्ने उनको टिप्पणी छ । हामी रवि–बालेनको गठबन्धबाट बिल्कुल डराएका छैनौँ । रविलाई मेरै क्याबिनेटमा दुई चोटी गृहमन्त्री बनाएको हो । उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनुपर्दैन । हामी डराएका पनि छैनौँ, उनले भने ।

उनले आफूहरू कसैसँग नडराएको दोहोर्‍याउँदै आउँदो निर्वाचनमा नेकपा एक्लै जनतामाफ जाने पनि बताए ।


प्रतिकृया दिनुहोस्