Skip

Hamro Sanchar

काठमाडौंको गैरीगाउँस्थित एक गोदाममा आगलागी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २२ गते


काठमाडौं । काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक गोदाममा आगलागी भएको छ।

मंगलबार दिउँसो काठ गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

‘घरबाट सल्किएको हुनसक्छ। छेउमा काठ र फर्निचरको गोदाम पनि छ,’ उनले भने।

प्रहरी र दमकल अहिले घटनास्थलमा पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्