
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गएको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगलाई लिखित जवाफ दिएका छन् ।
भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनबारे जानकारी लिन आयोगले बालेनलाई पत्र पठाएको थियो । सोही पत्रपछि बालेनले लिखित जवाफ पठाएका हुन् ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले मेयर बालेनबाट मंगलबार (पुस २२)लिखित जवाफ प्राप्त भएको जानकारी दिएका छन् ।

















