Skip

Hamro Sanchar

वीरगञ्जको कर्फ्यू बेलुकी ६ बजेसम्म लम्बियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २२ गते


वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि लगाइएको कर्फ्यू आज बेलुकी ६ बजेसम्म लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी ६ बजेदेखि लागू गरेको कर्फ्यू आज बिहान ८ बजेसम्म र त्यसपछि दिउँसो १ बजेसम्म थप भएकोमा फेरि बेलुकी ६ बजेसम्म लम्बिएको हो ।

वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वास पश्चिममा सिर्सिया नदीस उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । सङ्घीय सरकार, मधेश प्रदेश सरकार, विभिन्न आयोग तथा सङ्घ–संस्थाले पनि सामाजिक सद्भाव बिथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् ।

 


प्रतिकृया दिनुहोस्