Skip

Hamro Sanchar

कार्यकर्तालाई ओलीको निर्देशन : एकैपटक निर्वाचन नहुन सक्छ, तयार रहनू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २२ गते


काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले देशभर एकैपटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

मंगलबार (पुस २२)पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन् ।

ओलीको भनाइ उद्धृत गर्दै एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भइरहेको बताए । ओलीले बाह्य रूपमा निर्वाचनको माहोल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका उनले बताए ।

चुनावमा कसरी जाने, के जाने भन्ने कुरा नेतृत्वको बीचमा छलफल हुनेकुरा स्वभाविक नै हो । बाह्य रूपमा वातावरण बनेको जस्तो छ, त्यसको तयारी हामीले गर्नुपर्छ । हामी त यसलाई आन्दोलनकै रूपमा निर्वाचनलाई लिनुपर्छ भन्ने अध्यक्षको सम्बोधनमा सार रहेको छ, भट्टले भने ।

आगामी निर्वाचनलाई आन्दोलनकै रूपमा लिनुपर्ने भट्टको भनाइ छ । अध्यक्ष ओलीले सरकारको गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्यौल सिर्जना गरेको बताएका भट्टको भनाइ छ ।

सरकारको जो गतिविधि छ, देशमा साम्प्रदायिकताका घटना जुन किसिमले भइरहेको छन्, त्यसले यो निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्योलता छ । एकै पटक नहुन सक्ने स्थिति छ, त्यसले पर सार्नसक्छ, खण्ड खण्डमा गर्नसक्छ । त्यसको लागि पन मनोवैज्ञानिक रुपले तयार हुनुपर्छ भन्नुभयो, ओलीको भनाइ उद्धृत गर्दै भट्टले भने ।


प्रतिकृया दिनुहोस्