
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।
आयोगको कार्यालयमा आइतबार बोलाइएका ओलीसँग साढे दुईघण्टा बयान लिइएको थियो । ३५ वटा प्रश्नमा ओलीले जवाफ दिएका छन् ।
भदौ २३ गते भएको जेनजी प्रदर्शनलाई केन्द्रमा राखेर आयोगले ओलीसँग बयान लिएको हो ।
ओली त्यसबेला सुरक्षा परिषदको अध्यक्ष भएको, जिम्मेवारी, पदीय भूमिकालगायतका विषयमा करिब ३५ प्रश्न राखिएको आयोगका एक उच्च अधिकारीले जानकारी दिए ।
















