Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि पहिलो पटक सचिवालय बैठकमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २० गते


Advertisement

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको छ।

आइतबार अपराह्न सभापति रवि लामिछानेको सभापतित्वमा बैठक सुरु भएको हो। लामिछाने सभापतिको जिम्मेवारीमा फर्किएपछि पहिलो सचिवालय बैठक बसेको प्रवक्ता मनिष झाले जानकारी दिए।

आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदै छ।

रास्वपाले नेपाल उज्यालो पार्टी र काठमाडौँका मेयर बालेन्द्र साह बालेन सँग एकताको सहमति गरेको थियो। आजको बैठकमा त्यस विषयमा पनि छलफल हुँदै छ।

 

 


प्रतिकृया दिनुहोस्