Skip

Hamro Sanchar

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २० गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

पार्टी सभापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठक काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषय छलफलका निम्ति राखिएको छ ।


प्रतिकृया दिनुहोस्