Skip

Hamro Sanchar

रवि, कुलमान र बालेनबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १९ गते


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, उपसभापति एवं ऊर्जामन्त्री कुलमान घिसिङ र नेता एवं काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा समानुपातिकको बन्दसूचीमा देखिएका समस्या, पार्टी समायोजनको खाका, पार्टीको कामलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको निकटस्थ स्रोतले जानकारी दिएको छ ।

त्यस्तै, रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका तत्कालीन नेताहरू पनि अहिले बनस्थलीस्थित केन्द्रीय कार्यालयमा छलफलमा जुटेका छन् ।

रास्वपा केन्द्रीय कार्यालय, बनस्थलीमा अहिले दुवै पक्षका नेताहरूबीच छलफल चलिरहेको नेता जितराम लामाले जानकारी दिए ।

‘अहिले घण्टी घरमै छु । पार्टीको कामको विषयमा छलफल भइरहेको हो,’ लामाले  भने । उज्यालो नेपाल पार्टीको एउटा समूह रास्वपासँगको एकतामा प्रश्न उठाउँदै आएको छ । उक्त समूह हिजोमात्रै निर्वाचन आयोगमा बेग्लै समानुपातिकको सूची समेत बोकेर पुगेको थियो ।

समानुपातिक सूचीमा देखिएको समस्याबीच तीन शीर्ष नेताहरूले शनिबार छलफल गरेका हुन् । महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, रास्वपाले भोलि (आइतबार) बस्नेगरी केन्द्रीय समिति बैठक पनि बोलाएको छ ।


प्रतिकृया दिनुहोस्