Skip

Hamro Sanchar

झापा-५ बाट केपी ओलीको नाम एकल सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १९ गते


काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाम झापा-५ बाट एकल सिफारिस भएको छ।

एमाले क्षेत्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा ओलीको नाम एकल सिफारिस गरेको हो। झापा ओलीको गृहजिल्ला हो।

ओली यसअघि २०७४ र २०७९ को चुनावमा झापा-५ बाटै निर्वाचित भएका थिए। प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।


प्रतिकृया दिनुहोस्