Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशन वैशाख २८-३१ गते गर्ने खड्काको प्रस्ताव पारित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा हुने भएको छ ।

शुक्रबार (पुस १८)पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

नयाँ कार्यतालिका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको निधिले बताए ।

 


प्रतिकृया दिनुहोस्