Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पाकिस्तानी र बंगलादेशी मोडेलेको प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हाल्न थाल्यो :  गोकुल बास्कोटा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १८ गते


Advertisement

काठमाडौं । एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हालेको बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले पाकिस्तानी र बंगलादेशी मोडेलेको प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हाल्न थालेको दाबी गरेका हुन्।

उनले यसलाई अति सत्ता केन्द्रित र सैद्धान्तिक जग गुमाएको राजनीतिको परिणाम भनेका छन्।

‘लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बंगलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रस्ट संकेत दिन थालेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘योअति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो। त्यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस् ।

 


प्रतिकृया दिनुहोस्