Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुर्गा प्रसाईं र प्रधानमन्त्रीबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १७ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल भएको छ।

प्रसाईंको टोलीसँग प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गरेकी हुन्।

प्रसाईंले आफूहरूले राख्दै आएका मागको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। यसअघि पनि प्रसाईंको समूहसँग सरकारले पटकपटक वार्ता गरेको थियो।

प्रसाईं समूहले राखेका मागबारे थप छलफल गर्नका लागि आज वार्तामा बसेको प्रसाईंको सचिवालयले जनाएको छ।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल लगायत सहभागी छन्।


प्रतिकृया दिनुहोस्