Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमालेको समानुपातिक सूचीमा झापाबाट ९ जना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १७ गते


Advertisement

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापाबाट ९ जना रहेका छन् ।

झापा ठेगाना भएकाहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले र लता प्रसाईं, दलित महिलामा निता घतानी, दलित पुरुषमा जितु दर्जी गौतम र सोम पोर्तेल र मधेशी महिलामा बिना शाह महतो रहेका छन् ।

समानुपातिक तर्फको बन्दसूची बुझाउने समय यही पुस १३ र १४ गते थियो । एमालेले निर्धारित समयमै गएर बन्दसूची बुझाएको थियो ।

एमालेले ११० जनाकै नाम दिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फको निर्वाचन र १६५ जना प्रत्यक्ष तर्फको निर्वाचनबाट निर्वाचित हुन्छन्  प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुनेछ ।

समानुपातिक तर्फका उम्मेदवारको सन्दर्भमा भने निर्वाचन आयोगले प्राप्त बन्दसूची उपर छानबिन सुरु गरेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार ‘कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहेरनरहेको हेर्ने कार्य जारी छ ।’

उनका अनुसार आयोगले आयोगले यही पुस २० गतेसम्म अध्ययन गर्नेछ । प्रवक्ता भट्टराई भन्छन्, ‘अध्ययन पश्चात २० गते नै हामी दलहरूलाई के के मिलेको छैन भनेर पत्राचार गर्छौं । त्यसपछि उहाँहरुले मिलाएपछि थप प्रक्रिया अगाडि बढ्छ ।’

आयोगले कलस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ । त्यस्तोमा दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन् ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।

आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।

माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।

आयोगको तालिका अनुसार आगामी माघ २० गते हिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ


प्रतिकृया दिनुहोस्