
काठमाडौं, पुस १७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेत्री कुन्ती पोखरेलले अब सम्झौतामा होइन, स्पष्ट धारमा राजनीति गर्ने समय आएको बताउनु भएको छ । अंग्रेजी बर्ष २०२६ को अवसरमा शुभकामना दिदै पोखरेलले यस्तो बताउनु भएको हो ।
उहाले सामाजिक सन्जाल फेसबुक मार्फत स्ट्याटस लेख्दै भन्नु भएको छ, अंग्रेजी नयाँ वर्ष २०२६ नयाँ संकल्पको वर्ष हो ! अब सम्झौतामा होइन, स्पष्ट धारमा राजनीति गर्ने समय आएको छ । २०२६ मा जनता सचेत बनून्, राष्ट्रवादी आवाज बलियो बनोस् र स्वाभिमानमाथि सम्झौता गर्ने राजनीति अन्त्य होस् । पहिचान जोगाउँदै, देश जोगाउने लडाइँ अब झन् सशक्त बनोस् । आज ढाका टोपी दिवस ! ढाका हाम्रो पहिचान हो, हाम्रो स्वाभिमान हो । यो सम्झाउने प्रतीक हो कि यो देश न नक्कलबाट बन्छ, न डरबाट चल्छ ।
नेत्री पोखरेल आसन्न प्रतिनिधि सभाको निर्वाचनका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ का लागि सिफारिस हुनुभएको छ ।

















