Skip

Hamro Sanchar

पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १६ गते


काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।

बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले वेबसाइटमा अपडेट गरेको विवरण अनुसार उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश भएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो । आदेशको विवरण सार्वजनिक भइसकेको छैन  ।


प्रतिकृया दिनुहोस्