
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची अझै बुझाउन सकेको छैन ।
खसआर्यतर्फ तीन महिला उमेदवारका नाममा कांग्रेसमा विवाद रहेको छ । अझै नाम टुंगिन बाँकी रहेको कांग्रेस स्रोतले बताएको छ ।
खसआर्यतर्फको महिला उमेदवारबारे निर्णय हुन नसक्दा बिहान साढे ८ बजेसम्म कांग्रेसले बन्दसूची निर्वाचन आयोगमा बुझाउन सकेको छैन ।
“नेताहरूले आ–आफ्नो दाबी पेस गर्नुभएको छ,” स्रोतले भन्यो, “तीनै जना उमेदवार बन्नयोग्य भएकाले टुंगो लाग्न कठिन भएको छ

















