
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीको बन्दसूचीमा राख्ने ११० जनाको नाम केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिले नाम पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘११० जनाको नामावली पठाउँछौँ । त्यो कार्यसम्पादन समिति बैठकबाट पारित भएको छ,’ डा.महतले भने, ‘प्राविधिक विषय मिलाएर आयोगमा बन्दसूची बुझाउँछौँ ।’
उनले पुराना योगदान गरेका र अवसर नपाएकालाई सूचीमा समावेश गरिएको जानकारी दिए ।सबै जिल्लालाई समेट्ने कोसिस गरिएको र पहिला समानुपातिकमा अवसर पाएकालाई सूचीमा नराखिएको प्रवक्ता डा। महतले बताए ।
यसअघि प्रत्यक्ष निर्वाचन जितेर सांसद भएका भने सूचीमा रहेको महतले बताए ।

















