
काठमाडौं । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको वार्तामा पुनः जोडिएका छन्
कुलमाननिकट स्रोतका अनुसार कुलमान र रास्वपा वार्ता टोलीसँग अहिले वार्ता-संवाद भइरहेको छ ।
यसअघि गएराति भएको वार्तामा कुलमानले कार्यकारी सभापति मागेपछि वार्ता भाँडिएको थियो । रवि आफ्नो पार्टीको समानुपातिकको अन्तिम सूची तयार पार्न व्यस्त छन्।
उता आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकको बन्दसूची बुझाउने समयसीमा आजसम्मका लागि तोकेको छ ।

















